Kathmandu Press

सांसद भण्डारीकी आमा हरिकलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार

बुधबार राति आफ्नै घरमा  ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा जलेर घाइते भएर उपचारका क्रममा उनको कीर्तिपुर अस्पतालमा बिहीबार बिहान निधन भएको थियो।
सांसद भण्डारीकी आमा हरिकलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडाैं, फागुन ५ : नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। 

बुधबार राति आफ्नै घरमा  ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा जलेर घाइते भएर उपचारका क्रममा उनको कीर्तिपुर अस्पतालमा बिहीबार बिहान निधन भएको थियो। हरिकला ८६ वर्षकी थिइन्।   

Hardik ivf

अन्त्येष्टिका क्रममा परिवार, आफन्त र शुभचिन्तकसहित कांग्रेस नेता–कार्यकर्ताले हरिकलाको शवमा माल्यार्पण गरे। आगलागी हुँदा सांसद भण्डारी पनि गम्भीर घाइते भएका थिए।

कीर्तिपुर अस्पतालको बर्न विभागले गरेको सिफरिसपछि उनलाई थप उपचारका लागि भारत लगिएको छ। मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार भइरहेको छ।

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्