Kathmandu Press

सभामुख घिमिरे र उपसभामुख रानालाई झापामा स्वागत

आज बिहानै सभामुख घिमिरे र उपसभामुख रानालाई बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, सहारा नेपाल (साकोस) लगायतले सम्मान गरेका छन्।
सभामुख घिमिरे र उपसभामुख रानालाई झापामा स्वागत

झापा, फागुन ५ : सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई झापामा स्वागत गरिएको छ। बिहीबार झापा आइपुग्नुभएका सभामुख र उपसभामुखलाई अहिले झापामा सम्मान, बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ छ।

बिहीबार मात्रै बिर्तामोड नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन समारोहमा सभामुख घिमिरे र उपसभामुख रानालाई दर्जन बढी विभिन्न संघसंस्थाले सम्मान गरेका थिए।

आज बिहानै सभामुख घिमिरे र उपसभामुख रानालाई बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, सहारा नेपाल (साकोस) लगायतले सम्मान गरेका छन्।

आजदेखि यही फागुन १४ गतेसम्म बिर्तामोडमा सञ्चालन हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटनका लागि झापा आउनुभएका सभामुख र उपसभामुखलाई यहाँका हरेक सामाजिक सङ्घ–संस्थासहित झापा क्षेत्र नं २ अन्तर्गत पर्ने स्थानीय तहले सम्मान गरेका हुन्।

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्