Kathmandu Press

करिश्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएको आरोपमा आज (शुक्रबार) नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो।
करिश्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ

काठमाडौं, फागुन ५ : युट्युबमा अन्तर्वार्ता दिएर चर्चामा आएका डिल्लीराम खनाल पक्राउ परेका छन्।

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएको आरोपमा आज (शुक्रबार) नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो।

खनालले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै नायिका करिस्मा मानन्धरले साइबर ब्युरोमा किटानी जाहेरी दिएकी थिइन्। एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे व्यक्तिगत लाञ्छना लगाएका थिए।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार म्याद थप गरेर उनीमाथि विस्तृत अनुसन्धान थालिने बताइएको छ।

प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, फागुन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्