Kathmandu Press

रसुवाकाे वनमा डढेलो निभाउन समस्या

गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावल भिरमा आज  अचानक लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि निकुञ्जको साथै नेपाली सेनाको व्यारेक सुरक्षाका लागि संयुक्त सुरक्षा दस्ताले अग्निरेखा तयार गरेको हो।
रसुवाकाे वनमा डढेलो निभाउन समस्या
Hardik ivf

रसुवा, फागुन ५ : लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय ब्रावल नजिकको जङ्गलमा डढेलो लागेपछि सरकारी भवनको सुरक्षार्थ अग्निरेखा निर्माण गरिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावल भिरमा आज  अचानक लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि  निकुञ्जको साथै नेपाली सेनाको व्यारेक सुरक्षाका लागि संयुक्त सुरक्षा दस्ताले  अग्निरेखा तयार गरेको हो।
           
डढेलो नियन्त्रण एवं अग्नि रेखा निर्माणका लागि निकुञ्ज कार्यालयका  वन प्राविधिक,  विष्णु दल गण , सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। 
            
बढी भिरपाखो र निकुञ्ज स्थापना भएपश्चात् विसं २०३२ देखि सुरक्षित रहेको झाडी क्षेत्र भएकाले आगो निभाउन समस्या परेको जनाइएको छ।  सुरक्षा अङ्गले पिक, सावेल, गल, घन, हम्बरको प्रयोग गरी सात सय मिटर भन्दाबढी अग्नि रेखा निर्माण गरिसकेको बताइएको छ। 
            
अग्नि रेखा निर्माण गरिएसँगै सरकारी संरचना सुरक्षित भएको सुरक्षाकर्मीले जानकारी दिएका छन्। यस्तै बुधबारदेखि गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत खन्तीको जङ्गल इलाका क्षेत्रमा लागेको डढेलोसमेत नियन्त्रणमा आउन सकेको छैन।
       
डढेलोका क्षतिको विवरण अहिलेसम्म आँकलन नभएको र डढेलो नियन्त्रण गरेर मात्र लगत अध्यावधिक गरिने  निकुञ्जले जनाएको छ।

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्