आजको मौसम : हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपात
जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
काठमाडौँ, फागुन ५ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश एकको उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ०८:४४ बजे, शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












