भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?
नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ ९७ पैसा घटेर आएको छ ।
काठमाडौं, फागुन ५ : इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ ९७ पैसा घटेर आएको छ ।
त्यस्तै, डिजेलको मूल्य ६ रुपैयाँ ४१ पैसा घटेर आएको छ । हवाई इन्धनको मूल्य एक रुपैयाँ ८८ पैसा घटेर आएको छ । निगमका अनुसार भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा मूल्य घटाउनेबारे निर्णय भएको छैन ।
अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेको छ
प्रकाशित मिति: ०८:१० बजे, शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












