Kathmandu Press

देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ : अध्यक्ष बिजुक्छे

देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ : अध्यक्ष बिजुक्छे

भक्तपुर, फागुन ४ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन। सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँं, ख्वपः कलेजको २१औँ, शारदा क्याम्पसको ३२औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दुइदिने शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन।

Hardik ivf

कार्यक्रमका सभापति भनपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ ल समेत गरी हाल आठवटा कलेजमा देशभरिका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए।

नगरपालिकाले यहाँका विद्यार्थीलाई हरेक वर्ष रु तीन करोड बराबरको छात्रवृत्ति, रु पाँच लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए । 

यसैबीच ख्वपः कलेज देकोचामा सञ्चालित दुईदिने शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । प्रदर्शनीमा सय स्टल र ११ कक्षादेखि स्नातकोत्तर तहसम्मका दुई हजार भन्दा बढी विद्यार्थी सहभागी भएका कलेजका प्राचार्य रुपक जोशीले जानकारी दिए।

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्