Kathmandu Press

पाचँतारे होटलले नै तिरेनन् एक अर्ब २५ करोड कर

काठमाडौं, पुस २५ : काठमाडौंलगायतका देशका विभिन्न स्थानमा सञ्चालन भइरहेका पाचँतारे होटलले समेत समयमा कर बुझाएका छैनन्। विभिन्न पाँचतारे होटलका नाममा एक....

पाचँतारे होटलले नै तिरेनन् एक अर्ब २५ करोड कर

काठमाडौं, पुस २५ : काठमाडौंलगायतका देशका विभिन्न स्थानमा सञ्चालन भइरहेका पाचँतारे होटलले समेत समयमा कर बुझाएका छैनन्। विभिन्न पाँचतारे होटलका नाममा एक अर्ब २५ करोडभन्दा बढी बक्यौता थुप्रिएको छ।

महालेखापरीक्षकको कार्यालयका अनुसार, विभिन्न पाँचतारे होटलको नाममा एक अर्ब २५ करोड १५ लाख ८६ हजार नौ सय १८ रुपैयाँ बक्यौता रहेको छ। ति पाँचतारे होटलमा क्यासिनो संचालन हुँदै आएको छ। उनीहरुले क्यासिनो संचालन गरेको शुल्क तिरेका छैनन्।

क्यासिनोसम्बन्धी निमावली आउनु अघि होटलले कर तिर्ने गरेको थियो। क्यासिनो नियमावली आएपछि भने क्यासिनोकै नाममा कर लिने व्यवस्था गरिएको छ। पाँचतारे होटलले २०७३ असार ३१ अघिको कर नतिरेको पाइएको हो।

Hardik ivf

केन्द्रीय तहशील कार्यालयले आर्थिक कार्यविधि नियमावली २०६४ को नियम १०३ (२) बमोजिम लगत बसेको जनाएको छ। तहशील कार्यालयले सबैै पाँचतारे होटलबाट बक्यौता रकम असुल उपर गर्न पर्यटन विभागलाई निर्देशन दिएको छ। निर्देशनमा उनीहरुले तिर्न बाँकी रकममा नियमानुसार, वार्षिक १० प्रतिशतका दरले जरिवाना रकम असुल उपर गर्न पनि उल्लेख गरिएको छ।

होटलहरुले पुरानो बक्यौता रकम भुक्तानीमा चासो नदेखाएपछि पर्यटन विभागबाट हुने सबै काम रोकेको जनाएको छ। ‘होटलको नाममा रहेको रकम फछ्र्योट नगरेपछि हामीले काम नै रोकेर बेरुजु रकम फछ्र्योट गर्न ताकेका गरेका छौँ,’ विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘बक्यौता रकम फछ्र्योट नगरेसम्म ति होटलहरुको केही काम हुदैन्।’

कुन होटलको बक्यौता कति ?

दरबारमार्गमा रहेको होटल याक एन्ड यती लिमिटेडको नाममा ११ करोड ८७ लाख ५० हजार रुपैयाँ बक्यौता रहेको छ। पटक–पटक ताकेदा गर्दा पनि बक्यौता रकम भुक्तानी नगरेपछि विभागले होटलको नविकरण नै रोकेको छ।

प्रत्यक पाँच/पाँच वर्षमा नविकरण गर्नुपर्ने होटलको समयावधि गत वर्षको फागुन मै सकिएको छ। म्याद सकिएको एक वर्ष वित्दा पनि होटल नविकरणविनानै सञ्चालन भइरहेको छ।

त्यस्तै, पोखराको दी फुलवारी लिमिटेडले २४ करोड ६६ लाख ६४ हजार चार सय ८२ रुपैयाँ तिर्नुपर्नेछ। अहिले यो होटल बन्द छ।

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण इन्टरनेसनल प्रालिको ११ करोड ६९ लाख १५ हजार एक सय ७५ रुपैयाँ बक्यौता रहेको छ।

नयाँबानेश्वरस्थित होटल एभरेष्ट इन्टरनेसनल लिमिटेडको नाममा १० करोड ३५ लाख ६२ हजार पाँच सय, ताहाचलस्थित सोल्टी होटल लिमिटेडको ६ करोड १३ लाख ३३ हजार, नेपाल रिक्रिएसन सेन्टर प्रालिको ५३ करोड ५० लाख ३३ हजार नौ सय २७ रुपैयाँ बक्यौता रहेको छ।

यसैगरि, ह्याप्पी आवर प्रालिको ६ करोड ९३ लाख २७ हजार पाँच सय, क्यासिनो ह्याप्पी आवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोले २०७१ देखि रोयल्टी रकम बुझाएको छैन्। २०७३ मा ६ करोड ९३ बक्यौता रहेको ह्याप्पी आवरको मंसिर मसान्तसम्म २६ करोड ३४ पुगेको छ।

याे पनि पढ्नुस् : सर्वोच्चको अन्तरिम आदेशकै भरमा पाँच वर्षदेखि १४ क्यासिनो निर्वाध सञ्चालन

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्