Kathmandu Press

व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्न चेम्बरद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो। 
व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्न चेम्बरद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडौं, फागुन ४ : नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो। 

Hardik ivf

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न मजदुर यातायात संगठनले गरेको आन्दोलनको मौका छोपी काठमाडौंको बालाजुमा रहेको नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेका पसलहरुमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

सो घटनाका दोषीलाई अबिलम्व कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै  क्षतिपूर्तिको व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ। 

शान्तिपूर्ण आन्दोलन एवं प्रर्दशन गर्ने अधिकार भए पनि आन्दोलनका नाममा उच्छृङखल गतिविधी, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि  नभएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। औद्योगिक एवं व्यवसायिक क्षेत्रहरुको सुरक्षाका लागि  सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लले बताए।                                                                                                    
व्यवसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। व्यवसायमा लुटपाट, तोडफोड जस्ता घटनाले अर्को आतंक सिर्जना गरेको चेम्बरले जनाएको छ। 

राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरको ठहर छ।

चेम्बरले बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेत समेत गराएको छ। 

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्