Kathmandu Press

अन्धोपनामुक्त अभियानका लागि पुतलीबजारमा निःशुल्क शल्यक्रिया शिविर

मोतियाबिन्दुबाट हुने अन्धोपना मुक्त नगरपालिका अभियान–२०७९ अन्तर्गत नगरपालिकाले तीन दिने बृहत् निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा स्वास्थ्य शिविर शुरु गरेको नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताए।
अन्धोपनामुक्त अभियानका लागि पुतलीबजारमा निःशुल्क शल्यक्रिया शिविर

स्याङ्जा, फागुन ४ : स्याङ्जाको पुतलीबजार नगरपालिकामा बृहत निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा स्वास्थ्य शिविर शुरु भएको छ।

मोतियाबिन्दुबाट हुने अन्धोपना मुक्त नगरपालिका अभियान–२०७९ अन्तर्गत नगरपालिकाले तीन दिने बृहत् निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा स्वास्थ्य शिविर शुरु गरेको नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताए।

आजबाट शुरु भएको शल्यक्रिया तथा स्वास्थ्य शिविर फागुन ५ गतेसम्म सञ्चालन हुने छ। शिविरमा शल्यक्रियाका लागि हिमालयन आँखा अस्पताल पोखराका डा। हरिविक्रम अधिकारी रहेका छन् भने डा।विशाल गुरुङको टोलीले जनरल चेकअप गरिरहेको छ।

330625672_878074033463063_8012743782908130569_n1676543024.jpg

यसअघि नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल लगायतका संस्थाहरुको सहयोगमा करिब दुई हप्तासम्म सञ्चालन गरेको निः शुल्क आँखा शिविरमा करिब ३ हजार ९२८ जनाको आँखा परिक्षण गरिएको नगरपालिकाकी जनस्वास्थ्य अधिकृत अनिषा सुवेदीले बताइन्।

ती मध्ये मोतिबिन्दु देखिएका १ सय ५३ जनाको शल्यक्रिया गरिने उनले जानकारी दिईन्। शिविरमा करिब ९ सय जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

331335454_3451602868494314_7254900518095436542_n1676543024.jpg

गत माघ १५ देखि २९ गतेसम्म नगरपालिकाका १३ वटै वडामा सञ्चालन गरिएको आखाँ शिविरमा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको रेग्मीले बताए।

नगरभित्रका स्थानीयहरु आँखाको उपचारकै लागि अन्यत्र जिल्लामा गएर महँगो शुल्क तिर्नु नपरोस् भनेर नगरबासीका लागि सहज होस् भन्न उद्देश्यले शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्