Kathmandu Press

बजेटसहित कमैया, कमलरी, हलिया तथा हरवाचरवा पुनःस्थापनाको कार्ययोजना ल्याउन माग

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाइमा निर्माण भएको कार्ययोजना अर्थ मन्त्रालयमा रोकिएको भन्दै तत्काल बजेटसहितको कार्ययोजना निर्माण गर्न माग गरेको हो।
बजेटसहित कमैया, कमलरी, हलिया तथा हरवाचरवा पुनःस्थापनाको कार्ययोजना ल्याउन माग

काठमाडौं, फागुन ४ : राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले कमैया, कमलरी, हलिया तथा हरवाचरवाको पुनःस्थापनाको बजेटसहितको कार्ययोजना ल्याउन माग गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाइमा निर्माण भएको कार्ययोजना अर्थमन्त्रालयमा रोकिएको भन्दै तत्काल बजेटसहितको कार्ययोजना निर्माण गर्न माग गरेको हो।

उनीहरुले आफ्ना माग पुरा नभए संघर्ष गर्ने चेतावनी दिएका छन्। समितिले  हरवा चरवालगायत अन्य छुट भएका कृषि बढुवा मजदुरहरूको वास्तविक तथ्यांक संकलन गरी परिचयपत्र प्रदान गरि पुनःस्थापना गर्नुपर्ने, बाध्यकारी श्रम (निषेध तथा उन्मूलन गर्ने) सम्बन्धी विधेयक २०७९ यथाशिघ्र संसदवाट पारित गर्नुपर्ने लगाएतका माग राखेका छन्।

तथ्यांक संकलनकै क्रममा छुटेका मुक्तकमैया, हतिया, कम्लरी र हाल सम्म तथ्यांक संकलन सुरु नै नभएका हरवा चरवाहरूको लगत लिई पुनःस्थापना गर्न माग गरिएको कृषि बधुवा मजदुर आन्दोलनका अग्रज गणेश विश्वकर्माले जानकारी दिए।.

उनले सरकारले आफुहरुको माग पुरा गर्ने नदेखिएको दवावमूलक कार्यक्रम गर्न बाध्य हुने जिकिर गरे। समितिले मुक्त कम्लरीको पहिचान गरी परिचयपत्र उपलब्ध गराई उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनयापनका लागि विशेष व्यवस्था गर्न माग गरेका छन्। 
 

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्