Kathmandu Press

इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकारद्वय नेपाल र तिवारीलाई

त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो।
इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकारद्वय नेपाल र तिवारीलाई

काठमाडाैं, फागुन ४ : नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)  ले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार पत्रकारद्वय जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ।

सुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधि (पिएचडी) गरिरहेका पत्रकार नेपाल र पत्रकारिता तथा आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफिल) गरिरहेका तिवारीलाई प्रदान गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो। 

सम्मानित हुने पत्रकार नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागमा उपप्राध्यापकको रुपमा कार्यरत छन्। २०५४ देखि पत्रकारिता सुरु गरेका नेपालले सुरुचि साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टेलिभिजनलगायत सञ्चारमाध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन्। उनका हाल पाँच पुस्तकसमेत प्रकाशित छन्।

त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ देखि पत्रकारिता सुरु गरेका हुन्। भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनले रुपरेखा साप्ताहिक, माउन्टेन टेलिभजिन, अनलाइन खबर डटकम, ककनी पोस्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ। उक्त पुरस्कार इन्जाको स्थापना दिवसका दिन आगामी फागुन १७ गते प्रदान गरिने इन्जा ग्लोबलका सचिव दीपक रिजालले जानकारी दिए।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, फागुन ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्