Kathmandu Press

हज यात्राका लागि निवेदन खुला

गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको हो ।
हज यात्राका लागि निवेदन खुला

काठमाडौं, फागुन ४ : सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरेको छ।

गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको हो ।

Hardik ivf

हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ।

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपी, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी आगामी चैत ४ गतेसम्म पेस गर्नुपर्नेछ।

नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले कोटा छुट्टाएको छ। सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।

Screenshot 2023-02-16 0818291676515756.jpg

प्रकाशित मिति: ०८:३३ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्