Kathmandu Press

आज राति चन्द्रग्रहण, चार घन्टा देख्न सकिने

काठमाडौं, पुस २५ : आज राति चन्द्रग्रहण लाग्दै छ। चन्द्रग्रहणलाई नेपालबाट सहज रुपमा देख्न सकिने जनाएको छ।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम ....

आज राति चन्द्रग्रहण, चार घन्टा देख्न सकिने

काठमाडौं, पुस २५ : आज राति चन्द्रग्रहण लाग्दै छ। चन्द्रग्रहणलाई नेपालबाट सहज रुपमा देख्न सकिने जनाएको छ।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार, चार घण्टा आठ मिनेट चन्द्रग्रहण लाग्नेछ। राति १०ः५२ देखि बिहान ३ बजेसम्म ग्रहण लाग्ने जनाएको छ।

समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास देखिने बताए। यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट पनि देखिने जनाएको छ।

पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। परिक्रमा गर्ने क्रममा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा पृथ्वीले गर्दा चन्द्रमा छोपिन्छ। सूर्यको किरण पुग्न सक्दैन्। त्यस्तोवेला चन्द्रग्रहण लाग्छ।

यो वर्ष सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिने जनाएको छ।

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्