Kathmandu Press

वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]

शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ। वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ ।
वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]

काठमाडौं, कात्तिक १३ : काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएपछि जनजीवन प्रभावित भएको छ।

शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ। वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ। वर्षासँगै मौसम चिसोसमेत बनेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले वर्षाका कारण जोखिमयुक्त स्थान र सडक आसपास पहिरो जान सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

शनिबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

photo-13_51ad683c-1793336099.jpg

photo-8_6a1fd76f-1793336085.jpg

photo-10_41cf9bfe-1793336078.jpg

photo-16_7a056978-1793336094.jpg

photo-4_674b1f03-1793336078.jpg

photo-1_56172cb0-1793336067.jpg

photo-6_289cca59-1793336067.jpg

photo-11_07534b11-1793336095.jpg

photo-14_325b3aaa-1793336085.jpg

प्रकाशित मिति: १०:४३ बजे, शुक्रबार, कात्तिक १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्