आफैले बोकेको बन्दुकको छर्रा लागेर मृत्यु
बागलुङ, पुस २५ : बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ।
छर्रा लागेर घाइते भएका तमानखोला गाउँपालिका....

बागलुङ, पुस २५ : बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ।
छर्रा लागेर घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको थियो।
घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका उनी बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन्।
उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो। घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए।
उनले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए÷नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ। बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमको लागि अञ्चल अस्पतालमा राखिएको छ। आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताए।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

