कलाकार पवन खतिवडा पक्राउ

काठमाडौं, फागुन ३ : कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेका छन् ।
बुधबार मोरङको बलबारीबाट खतिवडा र रमेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी(१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो ।
त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको एसपी पोखरेलले बताए। अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको छ।
प्रकाशित मिति: १७:४२ बजे, बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












