Kathmandu Press

चैतमा काठमाडौंमा पावर समिट हुने

इपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हरित ऊर्जाको बजार विस्तारिकण भन्ने नाराका साथ आठौं संस्करणको पावर समिट चैत १४ र १५ गते आयोजना हुने जानकारी दिएको हो।
चैतमा काठमाडौंमा पावर समिट हुने

काठमाडाैं, फागुन ३ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानको आयोजनामा आगामी चैतमा काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने भएको छ।

इपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हरित ऊर्जाको बजार विस्तारिकण भन्ने नाराका साथ आठौं संस्करणको पावर समिट चैत १४ र १५ गते आयोजना हुने जानकारी दिएको हो।

३० भन्दा बढि देशका ३०० अन्तराष्ट्रिय प्रतिनिधिसहित बिभिन्न सरोकारवाला निकायको प्रतिनिधि सहभागी हुने सम्मेनलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए।

पावर समिटमा नेपालको विद्युतको बजार, प्रसारण पूर्वाधार, जलविद्युतको माग, प्रविधि र नवप्रवद्र्धक, सोलार हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने विभिन्न सत्र सञ्चालन हुने र बिभिन्न क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरु प्रदर्शन गरिने अध्यक्ष आचार्यले बताए।

पावर समिट हरित ऊर्जा क्षेत्रमा संलग्न सवैका लागि सञ्जाल बनाउने र एक अर्काबाट अनुभव आदान प्रदान गर्ने ठूलो अवसर भएको इपानले जनाएको छ।

नेपालमा पछिल्ले दशकमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको र उत्पादित ऊर्जाको लागि अव मागलाई तीव्र बनाउनुपर्ने अवस्थाको सिर्जना भएको पनि इपानले जनाएको छ। 

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्