Kathmandu Press

महाशिवरात्रिका लागि सबै तयारी पूरा

बुधवार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले शिवरात्रिका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो। हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड मध्येको एक शिवरात्रि पर्व फागुन ६ गते परेको छ।
महाशिवरात्रिका लागि सबै तयारी पूरा

काठमाडाैं, फागुन ३ : महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ।

बुधवार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले शिवरात्रिका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो। हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड मध्येको एक शिवरात्रि पर्व फागुन ६ गते परेको छ।

Hardik ivf

नेपाल स्काउट समेतका गरी करिव ४ हजार जना स्यंसेवकहरु परिचालन गर्ने र सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रमा विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार उपसमिति संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिए।

पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारको नशालु पदार्थ तथा गाँजा–भाङ, जाँड–रक्सी लगायतको विक्रिवितरण, ओसारपसार भण्डारण एवं प्रयोग गरे कारवाही गर्ने कोषले जनाएको छ।

गत वर्ष करिब १४ लाख दर्शनार्थीले आराध्यादेव पशुपतिनाथको दर्शन गरेको र यस बर्ष २० लाख दर्शनार्थी आउने अनुमान कोषले गरेको छ। शिवरात्रीका दिन पशुपतिनाथको चारैवटा ढोका बिहान ३ बजे खुल्ला गरिने र पशुपति प्रवेशका लागि बिभिन्न स्थानबाट चारवटा लाईनको व्यस्था गरिएको प्रचारप्रसार उपसमिति संयोजक सुवेदीले जानकारी दिए।

शिवरात्रिका दिन भगवान शिवको पूजा आराधनाका लागि लाइनमा बसेका बिरामीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुने कोषले जानकारी दिएको छ। त्यस्तै एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि कोषले दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताएको छ।

शिवरात्रीमा लाखौंको संख्यामा आउने दर्शनार्थी, भक्तजनहरुको संख्या र समग्र व्यस्थापनलाई समेत मध्यनजर गर्दै कोषले पर्यटन मन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरि विभिन्न कार्यहरु गरिरहेको जनाएको छ। 

 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्