Kathmandu Press

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेस

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकार भएको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेस

काठमाडाैं, फागुन ३ : सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेस गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले  सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस पेस गरेका हुन्।

विधेयक पेस गर्दै मन्त्री प्रधानले बैंकिङ प्रविधि र व्यवसायको विश्वव्यापिकरणसंगै बढ्दै गएको आर्थिक अपराध समेत बढ्दै गएको, एक देशमा बसी अर्को देशमा अपराध गर्न सक्ने भएको, नेपालबाट बिभिन्न तरिकाले पूँजि पलायन गराउने, बिप्रेषणलाई हुण्डीको माध्यमबाट विदेशमा नै रोक्ने, राजस्व छल्ने जस्ता आर्थिक अपराध गर्ने अपराधिक आर्जनको विदेशमा नै भुक्तानी दिने लिने कार्यका बिरुद्ध कारवाही चलाउन प्रयाप्त कानूनी व्यवस्था गर्न आवश्यक भएको बताए।

त्यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकार भएको थियो।

 

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, फागुन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्