Kathmandu Press

कार दुर्घटना एकको मृत्यु, दुई घाइते

मकवानपुर, पुस २५ : मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गएराति....

कार दुर्घटना एकको मृत्यु, दुई घाइते

मकवानपुर, पुस २५ : मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गएराति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा भारतीय नागरिक ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाबाट भारतीय नागरिक २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाइते भएका छन्। प्रहरीका अनुसार, उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:३९ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्