नक्कली सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, पुस २५ : नक्कली सुनसहित एक भारतीय नागरिकलाई शुक्रबार बिहान काठमाडौंमा पक्राउ गरिएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले न....

काठमाडौं, पुस २५ : नक्कली सुनसहित एक भारतीय नागरिकलाई शुक्रबार बिहान काठमाडौंमा पक्राउ गरिएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो। उनीसँग रहेको तीन किलोग्राम नक्कली सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरिएको बताए। उनले सुन भनेर नक्कली सुनका सिक्का बिक्री गरिरहेका थिए।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ। ठगी मुद्दा लगाइने प्रहरी नायब उपरीक्षक लम्सालले बताए।
प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

