Kathmandu Press

एमालेलाई राष्ट्रपति दिन नहुनेमा माओवादी एकमत, नयाँ राजनीतिक कोर्स सुरु हुने संकेत  

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयसँगै मुलकको राजनीतिमा ‘नयाँ कोर्स’ सुरू हुने देखिएको छ।
एमालेलाई राष्ट्रपति दिन नहुनेमा माओवादी एकमत, नयाँ राजनीतिक कोर्स सुरु हुने संकेत  

काठमाडौं, फागुन ३ : सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने करिबकरिब सुनिश्चित भएको छ।

शक्ति सन्तुलन, सुविधा र विगतको अनुभवका आधारमा एमालेलाई राष्ट्रपति दिएर गल्ति दाहोर्‍याउन नहुने माओवादीको शिर्ष नेताहरु एक मत देखिएका छन्। 

माओवादी केन्द्रले औपचारिक निर्णय लिन भने एकदुई दिन पर्खिनुपर्ने भएको छ। माओवादीले काँग्रेसलाई राष्ट्रपतिमा सघाउने भएपछि निकट भविष्यमै मुलुकको राजनीति कोर्समा बदलाब आउने सम्भावना देखा परेको छ।

Hardik ivf

एमालेलाई राष्ट्रपति दिन नसकिने माओवादीको निक्र्योलपछि नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने संभावना नजिकिएको छ। सांसद समेत रहेका माओवादीका एक प्रभावशाली नेताका अनुसार राजनीतिक स्थिरता र ‘कम्फरटेवल’ सरकारका लागि राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई नै सघाउनेमा उक्त पार्टीभित्र विवाद छैन। 

‘कांग्रेसलाई राष्ट्रपति नदिए कुनै पनि बेला अश्थिरताको पक्ष एउटा भयो, माओवादी समेत अप्ठ्यारोमा पर्न सक्ने हाम्रो बुझाई हो,’ माओवादीका ती नेताले काठमाडौं प्रेससँग भने, ‘दूरगामी प्रभावलाई समेत मध्येनजर गर्नुपर्ने अवस्था छ। भविष्यमा एउटै पार्टीको राष्ट्रपति, सभामुख र प्रधानमन्त्री हुने अवस्था आएमा निरङ्कुशतामा जान सक्ने कुरामा माओवादी सचेत नै छ।’

ती नेताले बताए अनुसार माओवादीले काँग्रेसलाई राष्ट्रपतिमा सघाउने विषयमा दुई तीन दिनमै स्थायी कमिटीको बैठक बोलाएर औपचारिक निर्णय लिने भएको छ। संसदको सबै भन्दा ठूलो दल कांग्रेसले राष्ट्रिय सहमति अनुरुप आफूले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको छ।

माओवादी राष्ट्रपतिका लागि अराजनीतिक र स्वतन्त्र व्यक्तिको पक्षमा छैन। राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा विगतका कमीकमजोरी महसुस गरी आत्मसमिक्षा गर्दै कांग्रेस र माओवादीले सहकार्य गर्नुपर्नेमा मनस्थितिमा देखिएका छन्। फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुँदैछ। 

अहिलेसम्मको अनुभवले एमालेसँग सत्ता गठबन्धन सुविधाजनक नहुने बुझाई माओवादीको छ। ‘मौका आउनासाथ पेलेर जान्छ भनेर एमालेको प्रवृत्तिबारे हामी जानकार छौं। यसैमा पनि एमाले, राप्रपा र रास्वपाका अस्वाभाविक क्रियाकलापका कारण अहिले नै सरकार संचालनमा माओवादीले असहज महशुस गरिसकेको छ,’ माओवादीका ति प्रभावशाली नेताले भने। 

 

 

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्