Kathmandu Press

मुस्ताङको थासाङ सडकबाट कालीगण्डकी नदीमा बस खस्दा १७ जना घाइते

मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको ना७ख ७४४० नम्बरको  बस मुस्ताङकै थासाङ गाउँपालिका–३ स्थित सडकबाट करिब ४५ मिटर तल कालीगण्डकी नदीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएको प्रअरीले जनाएको छ। 
मुस्ताङको थासाङ सडकबाट कालीगण्डकी नदीमा बस खस्दा १७ जना घाइते

पोखरा, फागुन ३ : मुस्ताङको मुस्ताङको थासाङ गाउँपालिकाकाे धम्पु सडकमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। 

म्याग्दी कोरला यातायात प्रालिको बस बुधबार बिहान ८:३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

Hardik ivf

मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको ना७ख ७४४० नम्बरको  बस मुस्ताङकै थासाङ गाउँपालिका–३ स्थित सडकबाट करिब ५४ मिटर तल कालीगण्डकी नदीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएको प्रअरीले जनाएको छ। 

बसमा सवार १७ जना नै घाइते भएको र चारको अवस्था गम्भीर रहेको डिएसपी रवीन्द्रनाथ पौडेलले जानकारी दिए।

उनका अनुसार  बस सीधै पानीमा खसेको हुँदा नजिकैको लेते  प्रहरी कार्यालयबाट खटिएको टोलीबाट छिटो उद्धार हुँदा ठुलो क्षति हुन पाएन।

पौडेलका अनुसार १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयसमेत रहेको जनाइएको छ।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्