एट्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, बार्सिलोना ३–२ ले पराजित
काठमाडौं, पुस २५ : बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनल खेलमा एट्लेटिकोले....

काठमाडौं, पुस २५ : बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनल खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो ।
एन्जिल कोरियाले अन्तिम मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण जित दिलाए । ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए ।
लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं बार्सालाई अग्रता दिलाएका थिए । एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे । खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए ।
एट्लेटिकोले अब उपाधिका लागि शहरी प्रतिद्धन्दी रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ । यस सिजनबाट प्रतियोगिता नयाँ ढाँचामा खेलाउन थालिएको छ ।
स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो । रियलले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रे फाईनल खेलेको टिम भएपछि रियलले सुपरकपमा मौका पाएको हो ।











