स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार, प्रदेशभर सार्बजनिक बिदा
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो।
काठमाडौं, फागुन ३ : लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो।
कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन्। स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको कार्य अपेक्षित रुपमा अझै जनउत्तरदायी र विस्वश्नीय वनाउनु पर्ने जरुरी रहेको बताए।
प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












