Kathmandu Press

सञ्चारमन्त्री शर्माद्वारा एनटिभीको निरीक्षण

निरीक्षणका क्रममा उनले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेकाले पाठक, दर्शक र स्रोताले रुचाउने किसिमका सामग्री उत्पादन गरी प्रशारण एवं प्रकाशन गर्नुपर्नेमा जोड दिईन् । 
सञ्चारमन्त्री शर्माद्वारा एनटिभीको निरीक्षण

काठमाडौं, फाल्गुन ३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको निरीक्षण गरेकी छिन् । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उनलाई जानकारी गराएका थिए । 

सोही क्रममा मन्त्री शर्माले मंगलबारनै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरीक्षण गरिन् । निरीक्षणका क्रममा उनले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेकाले पाठक, दर्शक र स्रोताले रुचाउने किसिमका सामग्री उत्पादन गरी प्रशारण एवं प्रकाशन गर्नुपर्नेमा जोड दिईन् । 

Hardik ivf

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे लक्षित वर्गलाई जानकारी दिनेजस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गरिन् ।

सरकारले रेडियो नेपाल र टेलिभिजनलाई संयुक्तरूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । मन्त्री शर्माले सरकारी सञ्चार माध्यमलाई स्थानीय सरकारसँग सहकार्य गर्न निर्देशनसमेत दिईन् । 

त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले संस्थालाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि आफूहरू लागिपरेको बताउँदै टेलिभिजनका कार्यक्रम तथा समाचार सामग्रीमा परिमार्जन गरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता गरे । 

प्रकाशित मिति: ०७:०५ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्