Kathmandu Press

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राहीलाई सास्ती

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राहीलाई सास्ती

सोलुखुम्बु, फागुन २ : सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको  हो । 

सल्लेरीमा रहेको दूधकोसी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् अवरुद्ध हुने बित्तिकै इन्धन वितरण पनि ठप्प हुने गरेको छ भने सोलुदूधकुण्ड नगरपालिका–७ गार्मास्थित नमुना दूधकुण्ड आयल पम्पस्टोर्समा पनि यस्तै समस्या छ । जिल्लाको विद्युत् बारम्बर अवरुद्ध भइरहने र पम्पले विद्युत्कै कारण देखाउँदै लामो समय कुराउँदा अति आवश्यक काम गर्न समेत समस्या हुँदै आएको चालक रमेश कार्कीले गुनासो गरे।

Hardik ivf

जिल्लामा सञ्चालित पम्पहरुमा ब्याकअपको समेत व्यवस्था नहुनु लजास्पद विषय भएको अर्का चालक मिङमार शेर्पाको भनाइ थियो । सोमबार केही समय विद्युत् अवरुद्ध हुँदा धेरै चालकहरु इन्धन भर्नकै लागि लामो समय पम्पमा कुर्न बाध्य थिए ।

सोही समस्या बारम्बर दोहोरिरहने गरेको अर्का चालक शम्भु विश्वकर्माले बताए। कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सले समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने एम्बुलेन्स चालकहरुको गुनासो थियो । हाल ती  पम्पहरूले विद्युत् हुँदा मात्रै सेवा दिइरहेका छन् । उनीहरुले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने वा रित्तो हात फर्काउने गरेको गनासो बढेपछी आफ्नो ध्यानार्कषण भएको र यस विषयमा थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले प्रतिक्रिया दिए। 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्