Kathmandu Press

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

काठमाडौं, फागुन २ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख तीन हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार तीन सय छ ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। 

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्