Kathmandu Press

काभ्रेको नमोबुद्धमा टिपर दुर्घटना, दुईको मृत्यु

बनेपा, पुस २४ : काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बिहीबार दिउँसो धुल....

काभ्रेको नमोबुद्धमा टिपर दुर्घटना, दुईको मृत्यु
सांकेतिक

बनेपा, पुस २४ : काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बिहीबार दिउँसो धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा २ क ५ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएको हो।

दुर्घटनामा परी मकवानपुर टिस्टुङ पालुङका अन्दाजी २३ वर्षीय चालक अस्बिन विष्ट र ललितपुर चुनीखेलका अन्दाजी २२ वर्षीय विशाल खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

उनका अनुसार टिपर सडकबाट अन्दाजी २५० फिट तल खसेको छ। मृतक खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्