Kathmandu Press

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

काठमाडौं, फागुन १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन्।

आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताए।  

Hardik ivf

मन्त्री किरातीले आम जनताका भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार शुरु गरेको बताए। 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा राखी विराटनगरबाट हिमाली दृश्यवालोकन उडान गर्नुपर्नेमा जोड दिए। 
 

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्