Kathmandu Press

सेजन अवार्ड थापा र काफ्लेलाई

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष विभिन्न विधामा छ आर्थिक पत्रकारले अवार्ड तथा पुरस्कार पाएका हुन्।
सेजन अवार्ड थापा र काफ्लेलाई

काठमाडाैं, माघ २९ : यसवर्षको सेजन अवार्ड अन्नपूर्ण दैनिकका पत्रकारद्वय ममता थापा र सुरेन्द्र काफ्लेलाई प्रदान गरिएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष विभिन्न विधामा छ आर्थिक पत्रकारले अवार्ड तथा पुरस्कार पाएका हुन्।

यस्तै, डा. भोला चालिसे लिबरल जनर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यले प्राप्त गर्दा सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बन्जरालाई प्रदान गरिएकाे छ।

यस्तै सेजन प्रीन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव)ले प्राप्त गरेका छन्।

यस्तै, सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिकका कौसिला कुवँरलाई प्रदान गरिएको छ।

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, माघ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्