Kathmandu Press

खर्च पुनरावलोकन आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न पौडेलको सुझाव 

खर्च पुनरावलोकन आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न पौडेलको सुझाव 
फाइल तस्बिर

काठमाडौं, माघ २९ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले डिल्लीराज खनालको अध्यक्षतामा बनेको खर्च पुनरावलोकन आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटको अर्धवार्षिक समिक्षाबारे सुझाव दिने क्रममा सांसद पौडेलले सो प्रतिवेदन कार्यान्वयन गरेमात्रै खर्च कटौतीको परिस्थिती बन्ने बताएका हुन् ।

Hardik ivf

त्यसो नभए  खर्च कटौती गर्ने भन्ने सरकारको योजना पपुलिस्ट, लोकप्रियताका लागि भनाइमा मात्रै सिमित हुने उनले बताए । 

पौडेलले कर प्रणालीलाई सुधार गर्न अप्रत्यक्ष  कर प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको पनि बताए । ‘आयातमुखी र उपभोक्तावादी कर प्रणालीलाई सुधार गरेर यसलाई प्रत्यक्ष कर प्रणालीको रुपमा परिवर्तन गर्नुपर्छ,’ उनले भने। 
 

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्