भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टिमको बिदाई

काठमाडौं, माघ २९ : भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली महिला राष्ट्रिय फुबटल टिमको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रम गर्दै नेपाली टिमको बिदाई गरेको हो।
नेपाली महिला फुबटल टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले बिदाई गरे ।
दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम सोमबार भारत प्रस्थान गर्नेछन्। चेन्नईमा हुने मैत्रीपूर्ण खेल फेब्रुअरी १५ र १८ मा हुन्।
मैत्रीपूर्ण खेलका लागि मुख्यप्रशिक्षक अनन्त थापाले २३ सदस्यीय टिम घोषणा गरेका छन्। एन्जिला तुम्बापो सुब्बाले कप्तानी गर्ने नेपाली टिममा पारस चौधरी सहायक प्रशिक्षक छन्।
नेपाली टिम ः एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ (गोलकिपर), हिराकुमारी भुजेल, गीता राना, निशा थोकर, घिमकुमारी गुरुङ, अमृता जैशी,समीक्षा घिमिरे, विमला विक(डिफेन्डर), सरु लिम्बु, सविता रानामगर, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसीविमला चौधरी, दीपा शाही (मिडफिल्डर), सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, निर्मला विक (स्ट्राइकर) ।












