Kathmandu Press

आजकाे माैसम : पहाडी भेगमा आंशिक बदली, उच्च भेगमा थाेरै हिमपातकाे सम्भावना

आजकाे माैसम : पहाडी भेगमा आंशिक बदली, उच्च भेगमा थाेरै हिमपातकाे सम्भावना
Hardik ivf

काठमाडाैं, माघ २९ : आज देशका  पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।

सोमबार र मंगलबार भने मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना भने न्यून रहेको छ ।

प्रकाशित मिति: ०७:३६ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्