Kathmandu Press

चिकित्सकमाथि कुटपिट गर्ने प्रहरी वरिष्ठ हवल्दार निलम्बित

चिकित्सकमाथि कुटपिट गर्ने प्रहरी वरिष्ठ हवल्दार निलम्बित

काठमाडाैं, माघ २९ : प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको छ । चिकित्सकमाथि दुर्व्यवहार गरेकाे भन्दै गुरूङ निलम्बनमा परेका हुन।

प्रहरीले आफ्नाे ड्युटी गरेकाे भएपनि चिकित्सकमाथि हातपात गर्नु राम्राे नभएकाे भन्दै अनुसन्धानकाे लागि निलम्बन गरिएकाे केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बताएका छन।

गुरूङले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि माथि हातपात गरेकाे अाराेप छ। 

शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । प्रहरीले फिल्मी शैलीमा आफूमाथि कुटपिट गरेको उनले बताएका छन् ।

चिकित्सक कुटिएपछि राष्ट्रपतिको सवारी शैलीबारे सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । सवारीका कारण लामो समयसम्म सर्वसाधारणले जाम पनि व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, माघ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्