Kathmandu Press

प्रधानसेनापति खुल्ला म्याराथनमा रोकाय प्रथम 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको सेनाले मुलुकभित्रका विभिन्न विधाका खेलाडीको पहिचान गरी तालिम प्रशिक्षणका साथ आफ्नो क्लबमा आबद्ध गर्दै आएको छ।
प्रधानसेनापति खुल्ला म्याराथनमा रोकाय प्रथम 

काठमाडाैं, माघ २८ : महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम भएका छन्।

प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेलमैदानमा आयोजित समारोहमा प्रथम हुन सफल रोकायलाई रु तीन लाख नगद पुरस्कार र सिरिक अटोमोबाइल्सप्रालिबाट प्रायोजन गरिएको यामाहा मोटरसाइकलको साँचो हस्तान्तरण गरे।

उक्त प्रतियोगितामा अमलदार खडकबहादुर खड्का द्वितीय तथा जमदार कृष्णबहादुर बस्नेत तृतीय हुनुभयो। द्वितीय हुने खड्कालाई रु दुई लाख र तृतीय हुने बस्नेतलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरियो। २०७२ देखि सेना दिवसका अवसरमा सञ्चालित यो प्रतियोगिता आठौं संस्करण हो।

Hardik ivf

army 234561676110926.jpg

हाफ म्याराथन खुल्लातर्फ दीपक अधिकारी प्रथम, मुकेश पाल द्वितीय र तीर्थ पुन तृतीय घोषित भए। प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमश ः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगद प्रदान गरियो। प्रतियोगितामा प्रथम हुने धावकलाई काठमाडौँ महानगरपालिकाकातर्फबाट यामाहा मोटरसाइकल प्रदान गरिएको थियो।

महिलातर्फको हाफ म्याराथनमा राजपुरा पछाई, पूर्णलक्ष्मी न्यौपाने र निर्मला केसीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे। प्रथम हुने महिला धावकलाई कुजु नेपाल प्रालिबाट स्कुटर तथा पूर्वप्रधानसेनापतिद्वारा उपलब्ध गराइएको रु २५ हजार प्रदान गरियो।

सैनिक महाविद्यालय, विद्यालय, राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित १० किमी दौडतर्फ सोनु घतानी प्रथम, साधना श्रेष्ठ द्वितीय, मनिषा गिरी तृतीय भई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे। सोही समूह र दूरीको छात्रतर्फ विकेश घिमिरे, प्रज्वल श्रेष्ठ र सुशील बोहरा क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

army 1231676110926.jpg

दस किमी दूरीकै सैनिक अधिकृत महिला सम्मिलित प्रतियोगितामा अस्मिता जिसी, दुर्गा केसी र गीता गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित हुनुभयो। सैनिक अधिकृत पुरुषतर्फ सुरज ऐरी, विशाल चन्द्र र जिलेश्पीजङ्ग कार्कीले पनि प्रथम, द्वितीय र तृतीय घोषित भई क्रमश ः रु १० हजार, सात हजार र पाँच हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे।

प्रधानसेनापति सम्मिलित पाँच किमी दूरीको वाकाथनमा सैनिक उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भए। सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन विभागीय टोली हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको सेनाले मुलुकभित्रका विभिन्न विधाका खेलाडीको पहिचान गरी तालिम प्रशिक्षणका साथ आफ्नो क्लबमा आबद्ध गर्दै आएको छ।

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्