Kathmandu Press

इन्द्रसरोवरमा भिरबाट लडेर एकजनाको मृत्यु

छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए। 
इन्द्रसरोवरमा भिरबाट लडेर एकजनाको मृत्यु

मकवानपुर, माघ २८ : मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए। लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्