ट्याक्टर दुर्घटना हुँदा अर्घाखाँची एकको मृत्यु
पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।
अर्घाखाँची, माघ २८ : पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।
दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन्। उनीहरूलाइ उपचारका लागि पाल्पा पठाइएको छ। ट्र्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ।
प्रकाशित मिति: १४:५६ बजे, शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)