बसको ठक्करबाट आबुखैरेनीमा पैदलयात्रीको मृत्यु
मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दमाैली, माघ २८ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नम्बरको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।
बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो। बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:५३ बजे, शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(32)-1764944804.jpeg)