Kathmandu Press

‘सरकारले श्रमजीवी वर्गको हकहितमा काम गर्न सकेन’

रिपोर्टर्स क्लब नेपाल लुम्विनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालको वर्गिय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको ठोकुवा गर्दैै श्रमिकहरुका लागी सरकार सधै अन्धो र बहिरो जस्तै बनेको जिकिर गरे।
‘सरकारले श्रमजीवी वर्गको हकहितमा काम गर्न सकेन’

काठमाडाैं, माघ २८ : संयुक्त ट्रेड युनियन समन्वयन केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले सरकारले श्रमजीवी वर्गहरुको हकहितका लागि कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपाल लुम्विनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालको वर्गिय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको ठोकुवा गर्दैै श्रमिकहरुका लागी सरकार सधै अन्धो र बहिरो जस्तै बनेको जिकिर गरे।

उनले श्रमजिवी वर्गहरुको सम्मान र अधिकार स्थापित गर्ने सिंहदरवारको शासक र शासन परिवर्तन भए पनि  ठूला ठूला आन्दोलनमा योगदान दिने श्रमिकको अवस्था उस्तै रहेको बताए। उनले  देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला श्रमिकका लागी शासकहरु सामन्ती बनेको आरोप लगाए।

अध्यक्ष श्रेष्ठले नेपालमा नितिगत भ्रष्टाचार मौलाउँदै गएको बताउँदै अदालतले पनि श्रमिकले पाउने १० प्रतिशत पाउने सेवाशुल्क कटौती गरेकाले थप श्रमिकहरुमा मारमा परेको दुख व्यक्त गए। 

अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षाको मुद्धालाई कार्यान्वयन गर्न देशभरी बिभिन्न कार्यक्रम र आन्दोलनका तयारी तिव्र पारिएको उल्लेख गरे।

प्रकाशित मिति: १४:३८ बजे, शनिबार, माघ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्