Kathmandu Press

डाक्टरमाथि भएको हातपातको विरोधमा माइतीघरमा प्रदर्शन

नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका डा. सिंहमाथि परिचयपत्र देखाउँदादेखाउँदै लाठी प्रहार भएको थियो। लाठी प्रहारबाटउनी गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको छ।
डाक्टरमाथि भएको हातपातको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, माघ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसरमै भएको हातपातको विरोधमा माइतीघर काठमाडौंमा प्रदर्शन भएको छ।

नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका डा. सिंहमाथि परिचयपत्र देखाउँदादेखाउँदै लाठी प्रहार भएको थियो। लाठी प्रहारबाट उनी गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको छ।

Hardik ivf

शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा अस्पताल परिसरभित्रै प्रहरीद्वारा आक्रमण भएपछि चौतर्फी रूपमा त्यसको निन्दा भएको थियो। 

११ः३० मा विरोध प्रदर्शन हुने भनिए पनि १ बज्न लाग्दा मात्रै प्रदर्शन भएको हो। प्रदर्शनकारीले ‘स्वास्थ्यकर्मीमाथिको हिंसा बन्द गर’लगायत नारा लेखिएका प्लेकार्ड देखाएका थिए। 

संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा चिकित्सक सिंहमाथि त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी प्रहार गरेका थिए। 

सोही घटनाको विरोधमा शुक्रबार पनि चिकित्सकहरुले ट्रमा सेन्टरअगाडिको सडकमा प्रर्दशन गरेका थिए। त्यस क्रममा चिकित्सक र प्रहरीबीच भनाभन पनि भएको थियो।

लाठी चार्ज गर्ने प्रहरी हवलदार शम्भुजंग गुरुङ शनिबार निलम्बित भइसकेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई निलम्बन गरेको हो।

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्