Kathmandu Press

गुल्मीमा ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु

प्रहरीका अनुसार नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्रयाक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा निज परियारको मृत्यु भएको हो ।
गुल्मीमा ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु

गुल्मी, माघ २७ : गुल्मीमा ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्रयाक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको हो।

Hardik ivf

प्रहरीका अनुसार नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्रयाक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा निज परियारको मृत्यु भएको हो ।

मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्र्याक्टरका सहचालक हुन् । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको जनाएको छ ।

प्रकाशित मिति: २१:०० बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्