Kathmandu Press

राजनीतिशास्त्र विभाग प्रमुख कँडेलले दिए ज्यान मार्ने उद्योगमा जाहेरी 

कँडेलले नेकपा एमाले निकट अनेरास्ववियु त्रिवि समितिका अध्यक्ष शम्भुप्रसाद भट्टविरुद्ध छानविन र कारबाहीका लागि जाहेरी दिएका हुन्। 
राजनीतिशास्त्र विभाग प्रमुख कँडेलले दिए ज्यान मार्ने उद्योगमा जाहेरी 

काठमाडौं, माघ २७ : त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभाग प्रमुख डा. ईश्वरी प्रसाद कँडेलले आफूमाथि ज्यान मार्ने उद्दोग भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेका छन्।

कँडेलले नेकपा एमाले निकट अनेरास्ववियु त्रिवि समितिका अध्यक्ष शम्भुप्रसाद भट्टविरुद्ध छानविन र कारबाहीका लागि जाहेरी दिएका हुन्। 

विभागीय प्रमुख डा. ईश्वरी प्रसाद कँडेल कार्यालय हाताभित्रै रहेको बेला भट्टले छापामार शैलीमा आक्रमण गरेको दाबी जाहेरीमा उल्लेख छ।

आक्रमणका कारण फर्निचरहरुमा क्षति पुगेको र आफूमाथि भौतिक रुपमा आक्रमणको प्रयास गरिएकोसमेत जाहेरमिा उल्लेख छ। भट्ट विरुद्ध प्रहरी वृत्त कीर्तिपुरमा विहीवार जाहेरी दर्ता भएको जनाइएको छ।

अनेरास्ववियुको नाममा सुनिता बरालद्वारा हस्ताक्षरित पत्रमार्फत आर्थिक सहयोग गर्नेबारेमा विभागमा पत्र पठाएको र विभागीय प्रमुखले सार्वजनिक संस्थामा चन्दा दिन नमिल्ने बताएपछि तोडफोड र आक्रमण भएको भनाइ कँडेलको छ। 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, माघ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्