Kathmandu Press

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का

साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गरे।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का

काठमाडाैं, माघ २७ : संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छन्।

उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, वरिष्ठ महिला उपाध्यक्षमा नागरिक दैनिककी भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिककी शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोर के वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन भए। 

साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गरे।

अनलाइन खबरमा प्रधान सम्पादक शिव गाउँलेले मञ्चको स्थापना र कानुन क्षेत्रका विसङ्गति उत्खननको विगत र वर्तमानका विषयमा प्रकाश पारे। उनले विगतमा भन्दा अहिले कानुन पत्रकारिताको क्षेत्र फराकिलो भएको बताए। 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, माघ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्