अन्ततः विवाह बन्धनमा बाँधिए निहारिका र शिवराज

काठमाडौं, माघ २७ : निहारिका राजपूत र शिवराज श्रेष्ठले अन्ततः विवाह गरेका छन् । शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा उनीहरुले विवाह गरेका हुन् ।
कुमारी आमाको उपनामले परिचित निहारिकाले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, अदालतले उनीहरु प्रेम सम्बन्धमा रहेको र प्रेम सम्बन्धमा रहेको समयमा भएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै श्रेष्ठलाई सफाई दिएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उच्चमा मुद्दा चल्दै गर्दा उनले आन्दोलन समेत गरेकी थिइन् । काठमाडौंमा महिला अधिकारकर्मी र अभियान्ताहरुले उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै श्रेष्ठलाई बलात्कार मुद्दामा कारबाही गर्न माग गरेका थिए ।
यही माघ १५ गते निहारिकाले जिल्ला अदालत धनुषामा शिवराजविरुद्ध अंश मुद्दा दर्ता गराएकी थिइन् । त्यसपछि अदालतले मिलापत्र गराएको थियो । मिलापत्र भएपछि निहारिका र शिवराज विवाह बन्धनमा बाँधिएका हुन् ।
उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।
सम्बन्धित समाचार
डिएनए टेस्ट माग गर्दै अनशनमा निहारिका












