Kathmandu Press

धनकुटाका पहिरापीडितलाई स्थान्तरणको तयारी

नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति उपेन्द्र खनालले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा विस्थापितका लागि रु ७५ लाख बराबरको सात रोपनी जमिन खरिदको सम्झौता भइसकेको जानकारी दिए।
धनकुटाका पहिरापीडितलाई स्थान्तरणको तयारी
Hardik ivf

धनकुटा, माघ २७ : धनकुटा नगरपालिकका वडा नं ८ स्थित याक्ते गाउँका पहिरा विस्थापित परिवारलाइ स्थान्तरण गरिने भएको छ। विस्थापितलाई  धनकुटा–७ स्थित बजार क्षेत्रको श्रीवानीमा स्थानान्तरण गर्ने अन्तिम तयारी भइरहेका जनाइएको छ। 

नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति उपेन्द्र खनालले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा विस्थापितका लागि रु ७५ लाख बराबरको सात रोपनी जमिन खरिदको सम्झौता भइसकेको जानकारी दिए।
 
हाल सरकारले जमिनको कित्ताकाट रोकेकाले उक्त जमिन वर्गीकरण गरेर कित्ताकाट गर्ने मापदण्ड तयार गर्नका लागि परामर्शदाता मार्फत काम भइरहेको उनले जानकारी दिए।
 
'परामर्शदाताको प्रतिवेदन आएपछि कित्ताकाटका लागि नगरबाट सम्बन्धित निकायमा सिफारिस गरेपछि तुरुन्त काम हुनेछ',उनले भने, 'आउने बर्खाअघि नै पीडितहरुलाई स्थान्तरण गरिने छ।' उनीहरुलाई प्रतिघर चारदेखि पाँच आनासम्ममा तीनै तहको सरकारको साझेदारीमा नमुना घरबासको व्यवस्था गरेर स्थानान्तरण गरिने सम्पर्क व्यक्ति खनालले जानकारी दिए।
 
प्रदेश सरकारले दिने रकम जम्मा नगरेको भए पनि जमिन कित्ताकाटको काम सकिएपछि सो रकम नगर आफैँले व्यवस्थापन गरेर भए पनि उनीहरुलाई स्थानान्तरण गरिने उनले जानकारी दिए। स्थानान्तरण पछि उनीहरुको जीवनायापनका लागि नगरपालिकाले थप व्यवस्थापनको काम गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए।
 
'उनीहरुलाई स्थान्तरण सकेपछि उनीहरुको जीवन चलाउन के काममा आबद्ध गराउने भन्ने विषयमा नगरको बैठक बसेर टुङ्गो लगाउने छौँ', उनले भने। गाउँलेहरु हिउँदमा घरमा बसे पनि बर्खाको समयमा छिमेकी गाउँमा गएर सुत्ने गरेको वडा नं ८ का वडाध्यक्ष रसबहादुर राईले जानकारी दिए।
 
रातका समयमा सो ठाउँका केही मानिस छिमेकी गाउँ तेतेरदाङमा गएर बस्ने, कोही पानी परेको रात रातभरि जागाराम बस्ने गरेको पूर्ववडा सदस्यसमेत रहेका विश्वलाला राईले जानकारी दिए। 'सबै पैसा जम्मा भएको सुनेको हो, अझसम्म घर दिएको छैन, खै आश्वासन मात्र दिन्छन् कि घर पनि दिने हुन्', उनले भने।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्