Kathmandu Press

निमावि तहका लागि १ हजार ५६ शिक्षक माग गर्दै विज्ञापन

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि खुलाइएको विज्ञापनमा नेपाली विषयका लागि ६५ रिक्त, अंग्रेजी विषयका लागि ११६, गणित विषयका लागि १४४, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरिएको छ।
निमावि तहका लागि १ हजार ५६ शिक्षक माग गर्दै विज्ञापन

काठमाडौं, माघ २७ : शिक्षक सेवा आयोगले आज (शुक्रबार) निम्न माध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदका लागि १ हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि खुलाइएको विज्ञापनमा नेपाली विषयका लागि ६५ रिक्त, अंग्रेजी विषयका लागि ११६, गणित विषयका लागि १४४, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरिएको छ।

त्यस्तै सामाजिक विषयमा ८९, गणित-विज्ञानमा ३५१, शुक्ल यजुर्वेद विषयका लागि एक, संस्कृत व्याकरणका लागि तीन, संस्कृत भाषाका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग भएको विज्ञापनमा उल्लेख छ।

आवेदन दिन फागुन २८ गतेसम्मको समय तोृकिएको छ।  दोब्बर दस्तुर तिरी चैत ५ गतेसम्म आवेदन दिन सकिने पनि उल्लेख छ। परीक्षा २०८० वैशाख ९ गते सञ्चालन हुने सूचनामा जनाइएको छ।

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, माघ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्