Kathmandu Press

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

कर्णाली, माघ २७ : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ। 

तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रकाशित मिति: १०:३७ बजे, शुक्रबार, माघ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्