किर्ते गरेको आरोपमा एकजना पक्राउ
पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ १ घर भई काठमाडौंको माछापोखरी बस्ने सोनाम नेपाल रहेको प्रहरीले जनाएको छ।
काठमाडौं, माघ २६ : नक्कली कागजात बनाई किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ १ घर भई काठमाडौंको माछापोखरी बस्ने सोनाम नेपाल रहेको प्रहरीले जनाएको छ।
काठमाडौंको वसन्तनगरमा सञ्चालन भएको युनाइटेड इन्टरप्राइजेज एन्ड ट्रेनिङ सेन्टरमा छापा मार्दा विभिन्न संघसंस्थाहरुका लेटरप्याड र छाप फेला पारिएको र नेपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
